काठमाडौं । राहदानी छपाइको प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अभियोगपत्रमा राहदानी विभागका महानिर्देशक अर्यालसहित निर्देशक (सूचना प्रविधि) सुनिल कुमार केसी, तत्कालीन निर्देशक शत्रुघ्न प्रसाद शर्मा पोखरेल, तत्कालीन निर्देशक रविन्द्र राजभण्डारी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य र कम्प्युटर इन्जिनियर विपिन प्रसाईंलाई प्रतिवादी बनाइएको छ ।
यसैगरी, परराष्ट्र मन्त्रालयका तत्कालीन शाखा अधिकृत सोमेश थापा, तत्कालीन उपसचिवहरू राजाराम दाहाल (कानून), भेष प्रसाद भुर्तेल (लेखा) र पुष्करराज नेपाल (कानून)लाई पनि प्रतिवादी बनाइएको छ । यी १० जना कर्मचारीहरूमाथि कूल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रूपैयाँ बिगो कायम गरिएको छ ।


