काठमाडौं । विश्वकप समूह ‘एफ’ अन्तर्गतको खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ ले पराजित गर्दै शानदार सुरुआत गरेको छ।
मेक्सिको, स्टाडियो मोन्टेरीमा भएको खेलमा पहिलो हाफ २–१ को अग्रता बनाएको स्विडेनले दोस्रो हाफमा ३ गोल थप गरेको हो। स्विडेनको जितमा यासिन अयारीले २ गोल गरे।
खेलको ४३ औं मिनेटमा ट्युनिसियाले स्विडेन विरुद्ध गोल फर्कायो। ट्युनिसियाको लागि डिफेन्डर ओमर रेकिकले हेडर मार्फत गोल गरेका हुन्। यो नै स्विडेनविरुद्ध ट्युनिसियाको १ मात्र गोल रह्यो।


