काठमाडौं । विश्वकप फुटबलमा स्पेनले १६ वर्षपछि फाइनलमा स्थान बनाएको छ। बुधबार बिहान सम्पन्न फाइनलमा फ्रान्सलाई २(० ले पराजित गर्दै स्पेनले फाइनलमा स्थान बनाएको हो।
स्पेनले खेलको २२औँ मिनेटमा पेनाल्टी गोलमार्फत पहिलो गोल गरेको थियो। फ्रान्सका लुकास डिग्नेले लामिन यमालविरुद्ध ‘फाउल’ गरेपछि स्पेनले ‘पेनाल्टी’ पाएको थियो।
स्पेनका पेड्रो पोरोले खेलको ५८ औँ मिनेटमा अर्को गोल गरे। फ्रान्स गोलविहीन हुँदा स्पेन २–० ले विजयी भयो। यो हारसँगै जारी विश्वकपको बलियो दाबेदार मानिएको फ्रान्स सेमिफाइनलबाटै बाहिरिएको छ भने सन् २०१० को विश्वविजेता स्पेन १६ वर्षपछि फाइनलमा प्रवेश गरेको छ।


