काठमाडौं । नेपाल सरकारको मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
मुख्यसचिव सुमनराज अर्यालको पदावधि शुक्रबार सकिँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत सचिव कार्की वरीयतामा आफूभन्दा अघिका १७ वरिष्ठ सचिवलाई पछि पार्दै मुख्यसचिव बन्न सफल भएका हुन् ।
नेपाल सरकारका निजामती सेवाका सचिवहरूको वरियतामा उनी १८औँ नम्बरमा थिए ।
कार्की प्रधानमन्त्री कार्यालयमा बसेर कर्मचारी प्रशासन र सुशासनका विषयमा बालेन सरकारलाई सहयोग गरिरहेका थिए। २०२७ पुस २५ गते कोशी प्रदेशको भोजपुरमा जन्मिएका कार्की २०५३ पुस ७ गते निजामती सेवामा प्रवेश गरेका हुन्।


