काठमाडौं । निर्वाचन आयोगका नवनियुक्त प्रमुख आयुक्त मानबहादुर कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन् । केही दिनअघि मात्रै संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन भएका उनले आज प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
प्रधानन्यायाधीशबाट सपथ लिएलगत्तै प्रमुख आयुक्त कार्कीले आयुक्तहरु गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बालाई पद तथा गोपनीयताको सपथ गराएका थिए । सपथ समारोहपछि उनीहरुले आज पदबहाली गर्ने बताइएको छ ।
प्रमुख आयुक्त कार्की सर्वोच्च अदालतका रजिस्ट्रार हुन् भने सुब्बा नेपाल प्रहरीका अवकाशप्राप्त अधिकारी र वाग्ले सरकारी वकिलको उपन्यायाधिवक्ताबाट अवकाश पाएका हुन् ।


