काठमाडौं । सव-डिभिजन वन कार्यालय,बन्दीपुर सिरहाका कार्यालय प्रमुखविरुद्ध आरोप -पत्र दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख राम केवल रायविरुद्ध सोमबार विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा रु १९ हजार बिगो कायम गरी सोही बमोजिम कैद र जरिवाना सजाय माग दाबी गरेको छ । रायलाई अख्तियारको टोलीले केहीदिनअघि १२ हजार घुससहित नियन्त्रणमा लिएको थियो ।


