काठमाडौं काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीसमेत गरी चारजनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।
गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने, छल्ने, रुपान्तरण गर्ने, स्वामित्व परिवर्तन गर्नेलगायत सम्पत्ति शुद्धीकरण गरेको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
मुद्दामा महानगरका तत्कालीन इन्जिनियर कोइरीसँगै उनकी पत्नी मालाकुमारी महतो, रीना कुशवाहा र कृष्णप्रसाद मेहतालाई प्रतिवादी बनाएको छ। अख्तियारले महतोमाथि चार करोड ४८ लाख ८९ हजार ८४१ बिगोसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।


