काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ९८० रुपैयाँ कायम भएको छ ।
