काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज ९बुधबार० सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा अपराह्न साढे ४ बजे सुरु हुनेछ ।
यसअघिका दुवै संस्करणमा सुदूरपश्चिमसँग पोखरा पराजित भएको थियो। यसपटक जित निकाल्दै पोखरा सुखद् नतिजा हात पार्ने दाउमा छ। कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिने पोखराले विगतमा प्लेअफसम्म पुग्न नसकेको इतिहास छ।
