काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो तर्सिने बानी नभएको उद्घोष गरेका छन्। उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘अहिले ठीक १८ः०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन ।’ यसअघि सचिवालयले विज्ञप्ति जारी गर्दै आधिकारिकता विवादलाई बिचौलियासँग जोडेको भन्दै आपत्ति जनाएको थियो ।
प्रधानमन्त्री शाहले आइतबार साँझ ७ बजेतिर स्टाटस् लेखेर एक(दुई जनालाई उम्किन नदिने चेतावनी दिएका थिए। ‘सही समय आएपछि, सबैको गलत समय आउछ,’ शाहले लेखेका थिए, ‘एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ१’
आइतबार दिउँसो कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा सभापति थापाले सरकारको आलोचना गरेका थिए।

