काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०को सचिवालय बैठकले पत्रकार धरपडकको घटनाबारे छानबिन गरेर दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । सचिवालय बैठकका निर्णयबारे जानकारी दिँदै रास्वपा प्रवक्ता जगदीश खरेलले बैठकले स्पष्ट रूपमा सरकारलाई निर्देशन दिएको बताए ।
‘हिजो सञ्चारकर्मीसँग सोधपुछ, धरपकड वा पक्राउबारे राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो धारणा हिजै दिइसकेको छ ।उनले थपे, ‘अबका दिनमा प्रेस स्वतन्त्रताका घटना, पत्रकार धरपकडका घटना अथवा समाचार लेखेकै भरमा कसैलाई पक्राउ नगर्न सरकारलाई निर्देशन दिएका छौँ।’
शुक्रबार प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो। नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डिएनखबरका धीरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
