काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विशेष महाधिवेशन र १५औं महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउने प्रयास षड्यन्त्र र दुष्प्रचार भएको टिप्पणी गरेको छ ।
महामन्त्री प्रदीप पौडेलले बुधबार विज्ञप्ति जारी गरेर महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउने प्रयासलाई षड्यन्त्र र सुनियोजित दुष्प्रचारको संज्ञा दिँदै खारेज गरेका हुन् ।
‘नेपालको संविधान, प्रचलित कानून र विधानअनुसार लोकतान्त्रिक प्रक्रियाबाट भएको महाधिवेशनमाथि गरिएको श्रृङ्खलाबद्ध षड्यन्त्रमार्फत नेपाली कांग्रेसका आमसदस्य र लाखौं शुभेच्छुक सबैको मानमर्दन गर्न खोज्ने यस्तो दुष्प्रचारले आम सदस्य र शुभेच्छुकको विश्वासलाई आघात पु¥याउन सक्दैन,’ कांग्रेसले भनेको छ ।

