काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का निवनिर्वाचित पदाधिकारीहरुले भेटघाट गरेका छन् ।
शुक्रबार ओली निवास बालकोटमा भएको भेटमा अध्यक्ष ओलीले नवनिर्वाचित कार्यसमितिलाई बधाइ दिएका थिए ।
इप्पानका अध्यक्ष गणेश कार्कीले सरकारले पेस गरेको केही नेपाल ऐन संशोधनमा संसोधित व्यवस्था जस्ताको तस्तै पारित भएमा ऊर्जा विकासका लागि बाधक हुने बताए ।
अध्यक्ष ओलीले जलविद्युत क्षेत्रका तमाम समस्याको बारेमा आफू जानकार रहेको भन्दै अव्यवहारिक नीति नियमको विरुद्ध आफूले आवाज उठाउने बताएका थिए ।
उक्त भेटघाटमा इप्पानका अध्यक्ष कार्कीसहित वरिष्ठ उपाध्य मोहनकुमार डाँगी, उपाध्यक्ष भरत नेपाल, उत्तम भ्लोन लामा, राम प्रसाद आचार्य, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाशचन्द्र दुलाल, हिम प्रसाद पाठक र सदस्यहरू कुवेरमाणी नेपाल, भरत पराजुली, विजयमोहन भट्टराई, इशा श्रेष्ठ, सुमन जोशी, मिथुन पौडेल, टिएन आचार्य र शंकर बश्याल लगायतका कार्यमसितिका पदाधिकारीहरु सहभागी थिए ।


