काठमाडौं । सरकारले चुडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सरकारी प्रवक्ता रेखा शर्माले आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिइन् । पौडेल कर्णाली प्रदेशमा कायम मुकायम प्रमुख सचिव थिए।
बैठकले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुरा भएको अवसरमा कोरियाली ७ जना र नेपाली ३ जना गरी १० पर्वतारोहीलाई सिन्धुपाल्चोकको जुगल १ र जुगल २ हिमाल आरोहण निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको छ ।


