काठमाडौं । नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ । उसले आज सिंहदरबार दक्षिण गेटअगाडि प्रदर्शन गरेको हो ।
संघले जनताको संविधान कार्यान्वयन गर्नुपर्ने, नागरिकको उपचार राज्यले गर्नुपर्ने, निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेको हो ।
सिंहदरबार क्षेत्रमा नै प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा ६ जना विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


