काठमाडौं । सरकारले लीलादेवी गडतौलालाई मुख्यसचिवमा नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
गड्तौला नेपालको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव भएकी छन्। b
गत असार ९ गते मुख्यसचिव वैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेपछि प्रधानमन्त्री कार्यालयकै सचिवहरूमध्येबाट वरिष्ठताका आधारमा गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी थिइन्।
कार्यसम्पादन नियमावलीअनुसार मुख्यसचिवको अनुपस्थितिमा प्रधानमन्त्री कार्यालयका वरिष्ठतम् सचिवले निमित्त मुख्यसचिवको रूपमा काम गर्ने व्यवस्था छ।


