काठमाडौं । मंगलबार नेप्से उच्च अंकले बढेको छ । आज नेप्से ३३.४१ अंकले बढेको हो ।
आज कारोबारमा आएका ३१२ वटा धितोपत्रमध्ये २१० वटा धितोपत्रको मूल्य बढेको छ। बाँकी ३३ वटा धितोपत्रको भने आज मूल्य घट्न पुगेको छ।
यस्तै कारोबारका आधारमा भने आज नेपाल फाइनान्स अगाडि छ। लगानीकर्ताले आज यो कम्पनीको ४५ करोड रुपैयाँबराबरको सेयर कारोबार गरेका हुन्। सेयरबजारमा आज ७ अर्ब ४४ करोड रुपैयाँको कुल कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।


