काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला १६०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आइतबार १ लाख ५५ हजार ७०० रुपैयाँका कारोबार भएको छ ।
यसैबिच चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


