काठमाडौं । बुधबार उच्च अंकले बढेको शेयर बजार विहीबार भने घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.१० अंकले घटेको छ ।
आज सात अर्ब ८५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार नौ अर्ब २० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ । १५० कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । सुपर मादी हाइड्रोपावर र मन्दकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।


