काठमाडौं । मंगलबार सेयर बजार बढेको छ । आज नेप्से परिसूचक २४ दशमलव ५० अङ्कले बढेर २६५७ दशमलव ७७ को विन्दुमा पुगेको छ ।
आज ३२५ स्क्रिप्सको १ करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर ९ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ रुपैयाँमा खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
आज १७७ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । आज १३ वटै उपसमूहहरूमा हरियाली छाउँदा चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।


