काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य आज स्थिर छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासङ्घका अनुसार गत हप्ता शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसतै, आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार नौ सय १०रुपैयाँमा कारोबार भइरहेको छ ।


