काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) साढे ९ अंकले घटेको हो ।
आज नेप्से ०।.६ प्रतिशतले घट्दा ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता शेयर कारोबार भएको छ । ८६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।
यस्तै ३१९ वटा कम्पनी कारोबारमा आउँदा ६५ हजार ८८४ पटक शेयर किनबेच भएको छ ।


