काठमाडौं । केही दिनदेखि लगातार घटेको सेयर बजार मंगलबार भने झिनो अंकले बढेको हो । आज सेयर कारोबार मापक नेप्से परिसूचक १.०३ अंकले बढेको हो ।
सोमबारको तुलनामा नेप्से शून्य दशमलव शून्य तीन विन्दुले बढेको हो । कुल १२० कम्पनीको सेयर मूल्य बढ्यो भने १२६ कम्पनीको मूल्य घट्यो ।
आज ८० हजार ५४ पटकको सेयर किनबेचबाट ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
कुल २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता सेयर किनेबेच भए । व्यापार, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, जीवन बिमा र जलविद्युत्बाहेक सबै उपसमूहहरु घट्यो ।


