काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकार दिगो विकास तथा नेपालले लिएका विकासका लक्ष्य हासिल गर्न प्रयासरत रहेको बताएका छन् ।
मन्त्री पौडेलले आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् ।
पछिल्लो समय विदेशी लगानी आप्रवाह तथा विकास सहायता परिचालनमा देखिएको प्रवृत्ति र संरचनागत समस्याहरुलाई समेत दृष्टिगत गरी सरकारले विकास वित्तको आवश्यकता पूरा गर्न उक्त विधेयक ल्याएको उनले बताए ।


