काठमाडौं । महालेखापरीक्षक तोयम रायाले अडिटमा शंका नगर्न अनुरोध गरेका छन् । उनले आइतबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै महालेखापरीक्षकको कार्यालय राजनीतिक हस्तक्षेपमुक्त बताए । ।
अडिट प्रक्रियामा निष्पक्षता कायम गर्न कार्यालयले कुनै राजनीतिक आग्रह वा दबाब नस्वीकार्ने उनको भनाइ छ । उनले समितिका सांसदहरूले छलफलको बेला प्रश्न सोध्ने तर जवाफ नै नसुनी बैठकबाट बाहिरिने गरेको भन्दै असन्तुष्टि जनाए । उनले वर्षमा एकपटक बोलाएर प्रश्नमाथि प्रश्न गर्ने तर उत्तर नसुन्ने प्रवृत्तिलाई पनि आफू बेरुजु नै भन्ने गरेको भन्दै कटाक्ष गरे ।


