काठमाडौं । जगरनाथ दास मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा भएका छन् । उनलाई खानेपानी मन्त्री प्रदीप यादवले नियुक्त गरेका हुन् ।
दास यसअघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका प्रमुख थिए । उनले आइतबार नै कार्यकारी निर्देशकको पदबहाली गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।


