काठमाडौं । बुधबार पनि सेयर कारोबार मापक नेप्सेमा गिरावट आएको छ । आज कारोबार परिसूचक (नेप्से) ९.७० अंकले घटेको हो ।
आज कारोबारमा आएकामध्ये ५९ कम्पनीको सेयर मूल्य बढ्दा १८८ वटा कम्पनीको घट्यो भने २ वटाको स्थिर रह्यो ।
सो दिन ५३ हजार ८ सय ५३ पटकको कारोबारमा १ करोड ५२ लाख ६६ हजार ६ सय १७ कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा ५ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । मंगलबार ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये होटेल तथा पर्यटन र सामूहिक लगानी कोष बाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा झन्डै दोहोरो अंकले गिरावट भएको हो ।


