काठमाडौं । न्याय सेवातर्फको शाखा अधिकृत नियुक्तिका लागि ४४ जना सिफारिस भएका छन् ।
लोकसेवा आयोगले न्याय सेवातर्फ शाखा अधिकृतको नतिजा अनुसार यसरी सिफारिस भएकामध्ये ३८ जना महिला र ६ जना मात्रै पुरुष परेका छन् ।
आयोगका अनुसार,लिखित परीक्षाबाट अन्तर्वार्तामा छनौंट भएका ६४ मध्ये अन्तर्वार्तामा उपस्थित रहेका उमेद्धारहरुसँग सामूहिक परीक्षण, सूचना प्रविधि सीप परीक्षण र लिखित परीक्षा समेतको प्राप्ताङ्कको आधारमा उनीहरु नियुक्तिका लागि सिफारिस भएका हुन् ।
आयोगले सार्वजनिक गरेको नतिजा अनुसार,सुदर्शन ज्ञवाली, दिपेश योगी,संजीवकुमार प्रजापति लगायत पुरुषहरु परेका छन् भने बाँकी ३८ महिला अधिकृतहरुमा सिफारिस भएका हुन ।




