काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार एक अमेरिकी डलरको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा छ ।
यसैगरी आज युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६६ पैसा छ भने एक युके पाउण्ड स्टर्लिङको खरिददर १९० रुपैयाँ २८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९ पैसा छ ।
आज स्वीस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७८ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।
आज अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ । आज अष्ट्रेलियन डर एकको खरिददर ९२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३८ पैसा छ । आज क्यानेडियन डलरको एकको खरिददर १०१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०२ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।


