काठमाडौं । सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुखसहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले मंगलबार नेपाल विद्युत् प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीव कुमार सिंहसमेत ४ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । उनीहरले नियमविपरीत निर्णय र कार्यशैली अपनाई भ्रष्टाचारजन्य गतिविधि गरेको आयोगको दाबी छ।


