काठमाडौं । सरकारले जेन–जी आन्दोलनका क्रममा भएको दमन तथा विध्वंश छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यको रिक्त पदमा मनोनयन गर्न सिफारिस गरेको छ।
अर्याललाई राष्ट्रपतिबाट मनोनीत गर्ने एक सदस्यमा मनोनयनका राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्यालले सो जानकारी गराए।


