काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभिलेखमा सवारी चालकको ‘झुट्टा अनुमतिपत्र,’ प्रवेश गराएको अभियोगमा यातायात व्यवस्था कार्यालय, पोखराका तत्कालीन प्रशासन अधिकृत शंकर थापासहित तीनजनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता भएको छ ।
आयोगले शुक्रबार यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन प्रशासन अधिकृत (आठौँ तह) शंकर थापा र तत्कालीन कम्प्युटर अपरेटर जगत ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
थापा र ढकालले बागलुङको गलकोट नगरपालिका–२ का हिम बहादुर बस्नेत थापासँग मिलेमतो गरी सरकारी अभिलेख सच्याएको पुष्टि अख्तियारको ठहर छ। उनीहरूले कहिल्यै जारी नै नभएको पुरानो लाइसेन्स नम्बर ९डीएल ०८९४२४८२० लाई आधार बनाएर सरकारी विद्युतीय अभिलेखमा गैरकानुनी ढङ्गले विवरण थपघट गरेका थिए।


