काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाह नेतृत्वमा सरकार गठन भएपछि उच्च अमेरिकी विशेष दूत काठमाडौं आउन लागेका छन् । आज साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आउने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।
बालेन शाह नेतृत्वमा सरकार गठन भएयता नेपाल भ्रमणमा आउने गोर सबैभन्दा उच्च तहका कूटनीतिज्ञ हुन् ।
३९ वर्षीय गोर दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत हुन् । उनी हाल भारतका लागि अमेरिकी राजदूतका रूपमा पनि कार्यरत छन् । ट्रम्पका निकट सहयोगी मानिने उनलाई भारतका लागि राजदूतसँगै दक्षिण तथा मध्य एशियाका विशेष दूतको जिम्मेवारी पनि दिइएको छ ।


