काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सरकार सुशासन र आर्थिक वृद्धिको स्पष्ट मार्गचित्रमा केन्द्रित रहने बताएका छन्। उनले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा यस्तो धारणा ब्यक्त गरेका हुन् ।
उनले भने, ‘मैले विगत १२ वर्षदेखि भन्दै आएको तौलरहित र दूरीरहित अर्थतन्त्रको अवधारणा कार्यान्वयन गर्ने समय आएको छ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को वर्तमान सरकार पाँच वर्षको पूर्ण कार्यकाल चल्ने दाबी गर्दै यसले लगानीकर्ताका लागि नीतिगत स्थिरता र सुनिश्चितता प्रदान गर्ने बताए।
‘कानुन कार्यान्वयनमा हामी निर्मम र कठोर हुनेछौँ तर इमानदार उद्यमीहरू डराउनुपर्ने अवस्था छैन,’ वाग्लेले भने, ‘आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ, जसमा लगानीको सुरक्षा, सम्पतीको रक्षा र करार कार्यान्वयनलाई उच्च प्राथमिकता दिइनेछ।’


