काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यथास्थितिवादी भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा पुनले यस्तो आरोप लगाएका हुन् ।
प्रधानमन्त्रीले संसद्मा प्रतिपक्षी दलका नेताहरूको प्रश्नको सामना गर्दै आफ्ना कार्यक्रमको औचित्य पुष्टि गर्नुपर्ने उनको भनाइ छ ।


