काठमाडौां । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ए को खेलमा दक्षिण कोरियालाई १-० ले पराजित गर्दै मेक्सिको नकआउट चरणमा प्रवेश गरेको छ। शुक्रबार बिहान भएको रोमाञ्चक खेलमा दक्षिण कोरियालाई १–० गोल अन्तरले पराजित गर्दै मेक्सिकोले अघिल्लो चरणको यात्रा तय गरेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो हाफमा मेक्सिकोले एक गोल गरेको थियो। मेक्सिकोको जितमा लुइस रोमोले गरेको ५० औं मिनेटको गोल नै निर्णायक भयो।
यसअघि समूह ‘ए’ अन्तर्गत आज भएका अन्य खेलमा चेकिया र दक्षिण अफ्रिकाको खेल बराबरीमा टुंगिएको थियो । समूह ‘बी’ मा कतारविरुद्ध क्यानडाले ६-0 को ऐतिहासिक जित दर्ता गरायो । यस्तै उक्त समूहको स्विट्जरल्याण्ड र बोस्नियाहर्जगोभिनाबीचको खेल ४-१ मा समाप्त भएको थियो ।


