काठमाडौं । सेयरबजारमा शुक्रबार ५.४५ अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक उक्त अंकले घटेर २६९०.१५ विन्दुमा कायम भएको हो।
अघिल्लो दिन बिहीबार नेप्से परिसूचक ३१.५४ अंकले बढेर २६९५।६० विन्दुमा पुगेको थियो। सो दिन ८ अर्ब ५७ करोड मूल्य बराबरको कारोबार भएको थियो।
यसदिन ३४८ वटा स्क्रिप्सको २ करोड २८ लाख ६२ हजार ५५४ कित्ता सेयर ८ अर्ब ८९ करोड १५ लाख ९५ हजार १४५ रुपैयाँमा खरिदबिक्री भए।
