काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) मा आर्थिक अनियमितता गरेको आरोपमा पूर्वमहाप्रबन्धक संजीव झासहित ८ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले शुक्रबार उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो ।
सिआईबीले तत्कालीन महाप्रबन्धक ४५ वर्षीय संजीव झा, तत्कालीन सिम्ले चिस्यान केन्द्र इन्चार्ज तथा हाल दुग्ध वितरण आयोजना बालाजुमा जुनियर टेक्निकल असिस्टेन्टमा कार्यरत ४६ वर्षीय विजय कुमार यादव, तत्कालीन भक्तपुर चिस्यान केन्द्रको इन्चार्ज तथा हाल दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय लैनचौरमा जुनियर टेक्निकल असिस्टेन्ट ५५ वर्षीय मनहरी शर्मा, तत्कालीन चनौली चिस्यान केन्द्र इन्चार्ज र हाल काठमाडौँ दुग्ध वितरण आयोजना संकलन केन्द्रमा जुनियर टेक्निकल असिस्टेन्ट ४९ वर्षीय रामकेवल राय तथा भरपाई पदका बागमती धुलो दूध कारखाना, हेटौंडामा कार्यरत २८ वर्षीय जितेन्द्र कुमार यादवलाई पक्राउ गरेको छ ।
