काठमाडौं । डाक्टर गोविन्द केसी विभिन्न माग राख्दै अनसनमा बसेपछि उनीसँग वार्ताका लागि समिति गठन गरेको छ । सरकारले बुधबार चार सदस्यीय वार्ता टोली गठन गरेको हो ।
शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्य सचिव र शिक्षा मन्त्रालय एक उपसचिव प्रतिनिधि सदस्य रहेका छन् ।
प्रा.डा. केसी पूर्वाधार र कानुनी मापदण्डबिना एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न दिने र सिट वृद्धि गर्ने चिकित्सा शिक्षा आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै अनशन बसेका छन् ।

