काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाठेघरको क्यान्सर र स्तन क्यान्सरको उपचारलाई निःशुल्क बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
अध्यक्ष प्रचण्डले बुधबार १११औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महिलामा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिने बताएका हुन् ।
‘सातवटै प्रदेशमा निःसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलामा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिनेछ,’ उनले भने ।


