बागमतीमा मन्त्रिपरिषद विस्तार, यी हुन् नवनियुक्त मन्त्रीहरु
बागमतीमा मन्त्रिपरिषद विस्तार, यी हुन् नवनियुक्त मन्त्रीहरु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
काठमाडौं । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार मन्त्रिपरिषद विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुमा नेपाली कांग्रेसबाट ३ जना र नेकपा (एकीकृत समाजवादी) बाट २ जना छन् ।
कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वतावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बनेका छन् । कांग्रेसकै रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बनेका छन् ।
नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री बनेका छन् भने राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंंक्षी विकास मन्त्री बनेका छन् ।
नवनियुक्त मन्त्रीहरुको आइतबार नै दिउँसो शपथ समारोह रहेको विना विभागीय मन्त्री रामकृष्ण चित्रकारले जानकारी दिए ।

