काठमाडौं । सानीमाया चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्न लागेका ब्यक्ति हुन् देव धिमाल । लामो समय बैदेशिक रोजगारीको लागि दुवई बसेका धिमालले त्यहाँ नै निर्देशन विधा पढेका हुन् । उनी दुवई बसाईलाई बिट मारेर नेपालमै चलचित्र क्षेत्रमा केही गर्ने हुटहुटी बोकेर स्वदेश फर्किएका थिए धिमाल । उनले नेपाल फर्किएसँगै दर्जनौं म्युजिक भिडियो निर्देशन , आलुजस्तो लभ, पार्टनर जस्ता सिरिजको लेखन निर्देशन , विभित्र म्युजिक भिडियोमा कोरियोग्राफी लगायतका काम गरिसकेका छन् ।

उनी भन्छन् ‘काम धेरै गरियो नेपाल आउने साथ मलाई चलचित्र निर्देशन गर्ने हुटहुटी र संकल्प थियोे ,मैले त्यो ननिदाई देखेको सपना थियोे, त्यो सपनाले मलाई पक्षाईरह्यो । सानीमाया अगाडि अर्को चलचित्रको तयारीमा थिए । तर नेपालमा काम गर्न यति धेरै गार्हो भयो , पहिला बनाउने भनेर सोचेको फिल्म बनाउन सकिन । उनले थपे , नेपालमा हरेक क्षेत्रमा सहयोग गर्ने भन्दा पनि बनिसकेको काम भाँडिदिनेको जमात धेरै भएको महशुस छ मलाई ,म विलकुलै नयाँ थिए। नयाँ लाई प्रयोग गर्नेको जमात धेरै हुने रहेछ’ । उनले तितो अनुभव सुनाए । अब पुरानो अनुभव र सिकाईलाई मध्यनजर गर्दै सानीमाया निर्माणको अन्तिम तयारीमा रहेको उनले सुनाए । उनले भने ‘अहिलेको टिम राम्रो छ , सबैले आफनै हो भन्ने प्रकारले काम गरिरहनु भएको छ ।
नेपाली चलचित्र क्षेत्रका अग्रजहरुको पनि राम्रो सहयोग र साथ छ । यसकारण हामी सफल हुनेछौ र नेपाली चलचित्र क्षेत्रमा एउटा नयाँ चलचित्र दिन हामी सफल हुनेछौू । जेठमा चलचित्र सानीमायाको सुटिङ हुनेछ नयाँ तथा पुराना कलाकारहरुको फ्युजनले चलचित्र राम्रो बन्ने उनमा विश्वास छ । नेपाली चलचित्र क्षेत्र खस्कदै गएको अवस्थामा नयाँ निर्देशक र नयाँ फिल्मको आगमनले चलचित्र क्षेत्रलाई थप चलाएमान बनाउन मद्दत पुग्नेछ ।


