काठमाडौं । तीन दिनदेखिको निरन्तर वर्षाका कारण शुक्रबार राति अछामका विभिन्न स्थानमा पहिरो जाँदा १२ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।
अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार तुर्माखाद गाउँपालिका वडा नम्बर ५ नाडामा २ जनाको शव फेला परेको छ भने ७ जना अझै बेपत्ता रहेका छन् ।
त्यस्तै, ढकारी गाउँपालिका वडा नम्बर– ६ ढुंगाचाल्नामा एक जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता रहेको र ५ जना घाइते भएको रिजालले बताए ।
कमलबजार नगरपालिका वडा नम्बर ८ डुंगालामा ५ को शव फेला परेको र एक जना घाइते भएको उनले बताए । कमलबजार नगरपालिकाकै वडा नम्बर ६ हातीबाँझमा मा ४ जनाको शव भेटिएको, ३ जना बेपत्ता र ७ जना घाइते रहेको रिजालले बताए ।


