काठमाडौँ । सिस्टम डाउन भएको भन्दै टिकट काट्ने नमानेपछि निजामती कर्मचारी अस्पतालमा सेवाग्राहीले नाराबाजी गरेका छन् ।
आज बिहान ४ बजे देखि लाइनमा बसेका चेकजाँच गर्न आएका बिरामी तथा आफन्तले टिकट काट्ने कार्य सुरु नभएपछि परिसरमै नाराबाजी गरेका हुन् ।
चेकजाँचको लागि टिकट काट्न बिहानैदेखि अस्पतालमा भिड हुने गरेको छ । अस्पताल प्रशासनले सिस्टम डाउनको समस्या मिलाउने प्रयास गरिरहेको बताएको छ ।


