काठमाडौं । ठमेल क्षेत्रमा ब्यवसाय गर्दै आएका युवा व्यवसायी रमेश थापाले ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आगामी असार २७ गते काठमाडौंमा हुन लागेको वार्षिक साधारण सभा एवं नयाँ कार्यसमिति चयनमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
सिन्धुपाल्चोका थापाले आफ्नो प्रतिवद्धतापत्र मार्फत ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धन, व्यवसायीहरूको हित संरक्षण तथा पर्यटन क्षेत्रको समग्र विकास नै आफ्नो प्राथमिकता रहेको जनाएका छन् ।
उनी लामो समयदेखि ठमेलको पर्यटन व्यवसायमा सक्रिय रहँदै आएका छन् । थापाले प्रतिबद्धतामा ठमेललाई अझ सुरक्षित, व्यवस्थित, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने धारणा ब्यक्त गरेका छन् ।
उपाध्यमा उम्मेदवारी दावी गरेका उनले सञ्चयकोष अगाडि सुरक्षागार्डको व्यवस्थामा विशेष योगदान दिएको उल्लेख गरेका छन् । कोभिड–१९ महामारी र त्यसपछिको आर्थिक मन्दीबाट प्रभावित ठमेलको पर्यटन तथा व्यावसायिक क्षेत्रलाई पुनर्जीवित गर्न तथा युवा व्यवसायीहरूको आवाज नेतृत्व तहसम्म पुर्याउने उद्देश्यले आफूले उम्मेदवारी दिएको थापाले बताए ।
उनले कोभिड–१९ महामारीको कठिन समयमा पनि सिन्धुपाल्चोकका विद्यालय तथा स्थानीय समुदायलाई स्वास्थ्य सामग्री, राहत तथा अन्य आवश्यक सहयोग प्रदान गर्दै सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
कोभिड–१९ महामारी र त्यसपछिको आर्थिक मन्दीबाट प्रभावित ठमेलको पर्यटन तथा व्यावसायिक क्षेत्रलाई पुनर्जीवित गर्न, व्यवसायीहरूबीच सहकार्य बढाउन तथा युवा व्यवसायीहरूको आवाज नेतृत्व तहसम्म पुर्याउने उद्देश्यले आफूले उम्मेदवारी दिएको थापाले बताए ।
“


