काठमाडौं । आज बिहान ८ बजे नेकपा (माओवादी केन्द्र) को पूर्वस्थायी समिति सदस्यहरूको बैठक बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बिहान साढे ८ बजे बस्ने तय भएको छ ।
बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफल हुने भएको छ ।
पूर्वस्थायी समिति सदस्यहरूको बैठक यसअघि शनिबार दिउँसो ३ बजेका लागि बोलाएको थियो । तर, तयारी पर्याप्त नभएको भन्दै स्थगित गरिएको पूर्वस्थायी समिति सदस्य गणेश साहले बताए ।
स्थानीय निर्वाचन सकिएपछि माओवादी केन्द्रले बोलाएको यो पहिलो बैठक हो । आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र स्थानीय निर्वाचनको परिणामबारे गहन छलफल हुने बुझिएको छ ।