काठमाडौं अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर ६ दशमलव ६ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको छ ।
समाचार एजेन्सीहरुका अनुसार गएराति १० बजेर १७ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीसहित पाकिस्तानमा पनि महसुस भएको बीबीसी हिन्दीले जनाएको छ ।
भारतीय भूगर्भविभागका अनुसार । भूकम्पबाट कम्तिमा दुई जनाको ज्यान गएको तथा तीन सय जनाभन्दा धेरै घाइते भएका छन् । क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।