काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनको राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन्।
चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा अमेरिका र चीनबिच बहुप्रतिक्षित द्विपक्षीय वार्ता सुरु भएको छ।
राष्ट्रपति सीले वर्तमान समयमा विश्वले एक शताब्दीमा नदेखिएको ठुलो परिवर्तन बेहोरिरहेको र अन्तर्राष्ट्रिय परिस्थिति निकै अस्थिर र उतारचढावपूर्ण रहेको उल्लेख गरे। उनले अहिलेको विश्व नयाँ दोसाँधमा उभिएको बताउँदै ‘के चीन र अमेरिकाले ‘थुसिडाइड्स ट्रयाप’ लाई पन्छाएर सम्बन्धको नयाँ नमुना स्थापित गर्न सक्लान् ?’ भन्ने प्रश्न गरे।
सीले विश्वका प्रमुख दुई शक्ति राष्ट्रका रूपमा इतिहास र मानवताको भविष्यका लागि यी प्रश्नहरूको जवाफ दिनु आफूहरूको जिम्मेवारी भएको बताए।


