काठमाडौं । भारत सरकारले आगामी आर्थिक वर्षमा नेपाललाई करीब १३ अर्ब रुपैया बरारबरको अनुदान दिने भएको छ ।
भारतको आर्थिक वर्ष २०२६र०२७ का लागि आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई १२ अर्ब ८० करोड नेपाली रुपैयाँ अनुदान दिने उल्लेख गरिएको हो ।
चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारु ७ सय ३० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ ।


