काठमाडौं । गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट हालसम्म निर्विरोधसहित १३ हजारभन्दा बढी उम्मेदवार निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ ।
तीमध्ये प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३ र उपाध्यक्ष ११७ जना निर्वाचित भएका छन् । वडाध्यक्ष २ हजार ६७९, वडा सदस्य ५ हजार ३१८, महिला वडा सदस्य २ हजार ६७८ र दलित महिला सदस्य २ हजार ६४७ जना निर्वाचित भएको प्रवक्ता शर्माले जानकारी दिए । आयोगले देशभर १३० वटा स्थानीय तहको निर्वाचनको सम्पूर्ण परिणाम आइसकेको जनाएको छ ।
आयोगका अनुसार विभिन्न कारणले मतदान स्थगित भएका ठाउँमा सोमबार मतदान भएको छ ।